नेकपाको सचिवालय बैठक आज बस्दैछ, मन्त्री हेरफेर हुने

spot_img

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा रिक्त पदहरूमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरूबारे छलफल हुने सचिवालयका एक सदस्यले जानकारी दिए ।

शुक्रबार स्थगित भएको बैठक ११ बजेका लागि तय भएको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक यस पटक भने पेरिसडाँडास्थित कार्यालयमा बस्ने तय भएको थियो ।

संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री व्यस्त भएकाले बैठक सारिएको बताइएको छ । शुक्रबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरुबारे छलफल हुने बताइएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय