
जनकपुरधाम, कार्तिक १ ।जनकपुरधाममा दशैं आजदेखि विधिवत रुपमा सुरु भएसँगै रौनकता बिस्तारै छाउन थालेको छन्। यस वर्ष कोरोना महामारीका कारण भव्य रुपमा मेलाको आयोजना नभए पनि जनकपुरका स्थानीय क्लबहरुले जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी माता मन्दिरलगायत विभिन्न चोकमा गेट पण्डालसहित दूर्गामाताको मूर्ति स्थापना गरी धुमधामका साथ दशैं मनाउने तयारी गरेका छन्।
यस वर्षपनि धनुषाको प्रमुख शक्तिपीठ तथा राजा जनकको को कुलदेवी राजदेवी मन्दिरलाई बेहुलीझैं झिलिमिली बत्ती जडानगरी सजाइएको छ।
प्रत्येक वर्ष राजदेवी मन्दिरमा हजारौँको संख्यामा पूजापाठ गर्न आउने भक्तजनहरू यस वर्ष कोरोना महामारीको कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भनिसकेकोले स्वास्थ्य सुरक्षा अपनाई पूजापाठ तथा भक्तजनलाई आउन दिने महावीर युवा कमिटीका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिएका हुन्।

यस वर्ष राजदेवी मन्दिरको सजावट देखि पूजा तथा त्यसको व्यवस्थापनका लागि २० देखि २५ लाख सम्म खर्च हुने अनुमान रहेको छ भने ‘पहिला बलीप्रदान हुँदा त्यसबाट पैसा आउँथ्यो र हाम्रो कमिटीमा पनि अधिकांश व्यापारी रहेकोले आफैबाट खर्चको व्यवस्थापन गर्थे। तर यस पटक कोरोना महामारीको कारण व्यवसायीहरु आफै समस्यामा छन् र बलीप्रदान समेत नहुने भएकोले यस वर्ष स्थानीय र प्रदेश सरकारसँग सहयोग माग्छौँ, अध्यक्ष साहले भने। र साथै ‘भिड बढी भएन भने भक्तजनको लागि सबै दिन मन्दिर खुल्ला रहन्छ तर भिड बढयो भने अष्टमी देखि श्रद्धालु–भक्तजनको लागि मन्दिर बन्द गछौँ।’
घटस्थापना देखि नै मन्दिर प्रवेश गर्दा भक्तजनको लागि सेनिटाइजर तथा मास्कको व्यवस्थापना गरिनेछ ऊनले बताए ।

