
जनकपुरधाम, मंसिर ४। धनुषामा हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका ९ बरमझियाका पवन शर्मा, श्रवण शर्मा र प्रमोद महरा रहेका छन् ।
गएको कात्तिक ३० गते गणेशमान चारनाथ नगरपालिका २ का सरोज साहको कुटपिटबाट मृत्यु भएको थियो। सोही हत्या आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिएका हुन्।
उनका अनुसार बरमझियाकै एक पसलमा बसेको बेला सामान्य विवाद हुँदा कुटाकुट भएको र कुटाइबाट साह गम्भीर घाइते भएका र उपचारको क्रममा विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए।
घटनाकै दिन आरोपितहरुलाई कुटपिटको आरोपमा पक्राउ गरिएको थियो। तर साहको मृत्यु भएपछि आरोपितलाई नियन्त्रणमै राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।

