अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड सर्वोच्च अदालतमा उपस्थित

spot_img

काठमाडौं, १६ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आज (आइतबार) सर्वोच्च अदालत पुग्नुभएकाे छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गर्नुभएको थियाे ।

गत माघमा विराटनगरको एक जनसभामा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले अवहेलना मुद्दा सर्वाेच्चमा दर्ता गराउनुभएकाे हाे । अध्यक्ष प्रचण्डले संसद विघटनकाे मुद्दा अदालतमा विचारधीन रहेकाे बेला सभामा भन्नुभएकाे थियाे- ‘सर्वोच्चले संविधानको मर्म र भावनाअनुसार, लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार फैसला गर्छ भनेर भरोसा गरेर हामी धैर्यतापूर्वक बसेका छौं ।’ उहाँले प्रधानमन्त्रीलाइ संसद विघटनकाे अधिकार नभएकाे भन्दै जरूरी परे सभामुखमार्फत संसद बैठक बाेलाउन लगाउने अभिव्यक्ति समेत दिनुभएकाे थियाे ।

उक्त रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिनुभएको थियो । सोही आदेशअनुसार प्रचण्डले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न सर्वाेच्च पुग्नुभएकाे हाे ।

spot_img

ताजा अपडेट

लोकप्रिय