प्रधानमन्त्री ओली आज झापा जाँदै

spot_img

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् ।

आज विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । झापापछि उनी मोरङको उर्लाबारी आउने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओली झापामा दुई दिन अघिमात्रै नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए ।

आजभाेलि प्रधानमन्त्री उदघाटन, शिलान्यासलगायतका कार्यक्रमका लागि निकै व्यस्त हुने गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय