शभरका अदालतमा आज बन्द हुने,नेकपाको विवादमा फैसला आउने मिति पछि सर्याे

spot_img

काठमाडौँ । देशभरका अदालतमा आज बन्द हुने भएका छन् ।

सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ । पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द भएपछि फैसला सरेको हो ।

यसअघि गत बिहीबार सर्वोच्च अदालतले फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर, निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गर्नुभएको थियो ।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो ।
सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय