जीपी कोइराला फाउण्डेसन अमेरिका च्याप्टरद्वारा सञ्चारकर्मी लामिछाने सम्मानित

spot_img

काठमाडौं, २३ फागुन । गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले सञ्चारकर्मी नवीन लामिछानेलाई कदर–पत्रसहित सम्मान गरेको छ । कोरोना महामारीको समयमा विभिन्न ठाउँमा पुगेर समाचार संकलन गरी सम्प्रेषण गरेको भन्दै यस फाउण्डेशनले सञ्चारकर्मी लामिछानेलाई सम्मान गरेको हो ।

आइतबार आज कोइराला निवासमा सञ्चारकर्मी लामिछानेलाई फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले कदर–पत्र प्रदान गरेकी हुन् । अध्यक्ष कोइरालाले विकट जिल्लामा बसेर सञ्चारकर्मी लामिछानेले पु¥याएको योगदानप्रति धन्यवाद ब्यक्त गरेकी छन् । सञ्चारकर्मी लामिछाने विगत लामो समयदेखि मनाङ जस्तो दुर्गम जिल्लामा रहेर त्यहाँका भौगोलिक अवस्था, पर्यटन, वातावरण तथा जनताको आवज उठान गर्दै आएका छन् ।

उनले बिश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा ३४ पटकसम्म पुगेर स्थलगत रिपोर्टिङ गरिसकेका छन् । उनी नेपाल टेलिभिजन र राससमा आवद्ध रहेका छन् । उनले मनाङका सम्पूर्ण भू–भागका स्थलगत रिपोर्टिङ गर्दै आएका छन् । त्यस्तै, उनले फोटो, भिडियो र आर्टिकलबाट मनाङलाई विश्वसामु पु¥याउने काम गरिरहेका छन् ।

मनाङका सुख–दुःखलाई आफ्नै सम्झेर कलमका माध्यमबाट राष्ट्रिय मिडियामा पु¥याउन काम गर्दै आएका छन् । उनी पत्रकार माहसंघ मनाङका उपाध्यक्ष र नेपाल प्रेस युनियन मनाङका अध्यक्षसमेत हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय