काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षको पार्टी अलग अलग भएपछि प्रचण्ड माधव समूहका अध्यक्ष माधव नेपाल अब पूर्वपार्टी नेकपा एमाले नै फर्कने भएका हुन्।
त्यस्तै, प्रचण्ड माधव समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पूर्व नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय भएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको बैंठक सकिएर बाहिर निष्केका नेताहरुले बताएका छन् ।
आइतबार सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्र एकता हुँदा बनाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेललाई दिएपछि एमाले र माओबादी केन्द्रको एकता संकटमा परेको थियो । आजको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरु सहभागी थिए।

