जसपा : तत्काल सत्ता सहकार्यमा नजाने

spot_img

काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको सत्ता सहकार्यको प्रस्ताव तत्काल स्वीकार नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल सत्ता सहकार्य गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

सत्ता सहकार्यका विषयमा सरकार, एमाले, माओवादी केन्द्र, कांग्रेस लगायतसँग वार्ता गर्न कार्यदल निर्माण गर्ने निर्णयसमेत गरेको प्रतिनिधिसभा सदस्य एवम् जसपाका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । यादवका अनुसार बैठकमा बोलेका करिब ९० प्रतिशत सांसदले सत्ता सहकार्यलाई प्राथमिकतामा नराख्न सुझाव दिएका थिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि जसपा नेपालले त्यसको विरोधमा आन्दोलन गरेको थियो । सो आन्दोलनमार्फत जसपाले प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै त्यसको खारेजीको माग गरेको थियो ।

नेकपा ऋषिराम कट्टेलको भएपछि माओवादी केन्द्र र एमाले अलग अलग भएका छन् । दुई दल अलग अलग भएपछि प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा पर्नुभएको छ । ओलीले आफ्नो सरकार टिकाउनका लागि जसपा नेपालसँग सहयोग माग्नुभएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय