फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् : गगन थापा

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा नगर्न सुझाव दिए कसैले संविधानको रक्षा गरेको बताएका छन् ।

नेता गगन थापाले प्रतिनिधि सभा पुनर्स्थापना गरेर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका  छन् । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेपछि  नेता थापाले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन्।

थापाले लेखका छन्, ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर, अस्वीकार गरिँदैन। उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भीरबाट खस्नेलाई रामराम ।’

spot_img

ताजा अपडेट

लोकप्रिय