शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

दोषी कानुनी दायरामा आउनुपर्छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गाँस, बाँस, कपास, स्वास्थ्य र प्रजजनलाई आधुनिक युगमा अति आवश्यक वस्तुहरुको सूचीमा राखिएको छ । यसका अलावा मानव अधिकार सम्बन्धी महत्वपूर्ण सूचीमा स्वास्थलाई लिने गरिएको छ । मानव जीवनलाई स्वस्थ र सुखी राख्न संसारमा धेरै अन्वेषणहरु हुने गरेको छ । आम नगारिकले स्वास्थ्य निजी अथवा सरकारी स्वास्थ्य संस्थाबाट सहज र सुलभ रुपमा लिन पाउने अधिकारको राज्यले पनि ग्यारेन्टी गरेको छ । आम मानिसले स्वास्थ्य संस्थाबाट स्वास्थ्य सम्बन्धी सेवा तथा परामर्श दिने स्वास्थ्यकर्मीलाई भगवानको दर्जा दिने गरेका छन् । स्वास्थ्यकर्मीले लेखेको औषधी, दिएको परामर्श तथा अन्य कुनै पनि राय सल्लाहहरुलाई संसारका जो कोही व्यक्तिहरुले आँखा चिमलेर विश्वास गर्ने गर्दछन् ।

- Advertisement -

डाक्टरमाथि मानिसको अति विश्वास छ । शरिरको सबै कपडा खोल्नुपर्छ यहि कुनै डाक्टरले भन्यो भने महिला होस् अथवा पुरुष एक छिन नसोचिकन कपडा खालेर शरिरको सम्पूर्ण भाग देखाउन तयार हुने गरेका छन् । पृथ्वीमा डाक्टरलाई मानिसले रक्षकको रुपमा नै मुल्याङ्कन गर्दै आइएको छ । त्यसकारणले, स्वास्थ्य पेशा तथा स्वास्थ्यकर्मीलाई मर्यादित बनाउन क्रियाशिल रहने गरिन्छ । रोगी तथा मृत्युसँग लडिरहेका हरेक बिरामीलाई एउटा कुशल चिकित्सकले बचाउने अन्तिम सम्म प्रयास गरिरहेको हुन्छ । संसारमा एक जीवन उपयोगी, मानव सभ्यताको रक्षक तथा निकै अनुशासित पेशाको रुपमा स्वास्थ्य पेशालाई लिने गरिएको छ । स्वास्थ्य संस्थाबाट प्रदन गरिने सबै खाले सेवा सुविधा चिकित्सकको निर्णयमा तथा स्वास्थ्य संस्थामा उपलब्ध रहेको स्रोत साधनहरुले निर्धारण गरिराखेको हुन्छ । सवाल जहिले पनि जीवन मृत्युको भएको कारण शुन्य लापरवाहीको परिकल्पना आम मानिसको हुने गरेको छ । त्यो सही पनि हो । कुनै पनि हालतमा चिकित्सकको तर्फबाट बिरामीको उपचारमा लापरवाही हुनु हुँदैन् ।

तर नेपालमा यस्ता धेरै लापरवाहीका समाचार सार्वजनिक भईरहेका छन् । चिकित्सक संघ संगठन तथा राज्य पक्ष यो कुरामा गम्भीर हुनै पर्छ । कानुन भन्दा माथि कोही पनि छैन भन्ने कुरा सबैले बुझ्नुपर्छ । कुनै घटनामा चिकित्सकको लापरवाही भएको छ भने कानुनी कारवाही हुनुपर्छ भन्ने मान्यता हाम्रो रहेको छ । तर एक अर्थ यो पनि होइन कि पिडित पक्षले चिकित्सक माथि आक्रमण गर्ने स्वास्थ्य संस्थामा तोडफोड गर्ने कुरालाई बढावा दिनु पर्छ । जुन सुकै अपराधको लागि राज्यसँग कानुन रहेको छ । कानुनी कारवाही नै महत्वपूर्ण हुनु पर्छ । पर्सामा चिकित्सको लापरवाहीका घटना तथा पिडित पक्षले स्वास्थ्यकर्मी तथा अस्पतालहरुमा आक्रमण गरेका धेरै घटनाहरु सार्वजनिक भएका छन् ।

- Advertisement -

पछिल्लो पटक यस्तै घटना भवानी हस्पिटलमा भएको जीवितै महिला मृत घोषणा गरिएको विषयमा भवानी अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीहरु माथि आक्रमणको घटना सार्वजनिक भएको छ । स्थानीय प्रशासनले घटनामा संलग्न रहेको केही व्यक्तिहरुलाई नियन्त्रणमा पनि लिएको छ । धनजनको क्षति, तोडफोड र आक्रमण आफैमा कानुनको उल्लङ्घन हो । तर समाचार बाहिर आइसकेपछि राज्य पक्षले एक पक्षको मात्र कुरा सुनेर भएन, दुवै पक्षको कुरा सुन्नु पर्छ । भवानी हस्पिटलको बारेमा बाहिर आएका घटनाको तत्कालै छानविन गरी दोषी चिकित्सक, अस्पताल प्रशासन अथवा बिरामी पक्ष पनि दोषी छ तत्कालै कानुनी दायरामा ल्याउनुपर्छ । बीरगन्जमा हुने गरेको यस्ता घटनाहरुको न्युनिकरणको लागि राज्य पक्ष अलि कडा हुनुपर्छ, अनि मात्र यस्ता घटनाहरुमा कमि हुने संकेतको हामी कल्पना गर्न सक्छौं ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार