स्थानिय सरकारले आफ्नो यस बर्षको निति तथा कार्यक्रम गाउँसभा पारित गरी रहदा गाउँपालिकाले चुनावी बजेट तथा योजनाहरु ल्याउँन खाजेको आरोपहरु लाग्न थालेका छ । स्थानिय सरकारहरुको अन्तिम बजेट भएको कारणले गर्दा पनि होला यस्तो बुझाई आमजनमानसमा रहेको पाइन्छ । तर त्यस भन्दा पनि स्थानिय सरकारहरुको गाउँसभामा देखिएको बिवादहरुले पनि धेरै कुराहरु प्रष्ट गरेको छ ।
खास गरी पालिका अध्यक्षहरुले यस पटकको बजेटलाई आफ्नो चुनावी बजेटको रुपमा ल्याउँन खाजेको आरोप लगेको छ । कतिपय पालिकालेहरु गाउँसभा नहुदै मनोपोली गरेको समाचारहरु पनि प्रकाशित भएका छन् । बाराको करैयामाई गाउँपालिकामा साउनको २३ गते हुदा सम्म गाउँसभा हुन सकेको छैन् । गाउँसभा कहिले हुने हो त्यसको अहिले सम्म ठेगान छैन् । तर गाउँपालिकाले गएको आर्थिक बर्षमा बाकी रहेको योजनाहरु पुरा गर्ने कार्य भने शुरु गरेको छ ।
आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित नहुँदै बाराको करैयामाई गाउँपालिकाले बिकास निर्माणको कार्य सुरु गरेको देखेर जानकारहरु चकित भएको छ । गाउँपालिकाले गरेको यो कार्य प्रति जनप्रतिनिधिहरुले पनि असुन्तुष्टी जनाउँन थालेको छ । यसले गाउँसभा झनै पछाडी धकेलिने संकेत देखिएको छ । गाउँसभा अगावै यसरी गर्न थालिए पछि सो पालिकामा स्वेच्छाचारी बढेको देखिन्छ । जुन आफैमा राम्रो कार्य भने होइन् । विकास हुनु पर्छ यसमा कसैको दुई मत हुन सक्दैन् । तर काम नियम संगत हुदै पर्छ ।
नियम मिचेर काम गर्न पाइदैन् । गाउँसभा नगरी गाउँपाकिलाको विकास निर्माण लगायतका अति अवाश्यक कार्यलाई बन्धक बनाउँन मिल्दैन् । यो बिषयमा नियमक कार्यालयले चासो राख्नु पर्छ । पालिकाहरुको अनुगमन तथा मुल्याङ्क पनि जरुरी छ । राज्यले लागु गरेको कानुन पालना नगर्नु कुनै दृश्टीकोण सही कुरा हुन सक्दैन् । तर नियम पालना नगर्नेहरुलाई दण्डित गर्ने काम पनि राज्यकै हो । यसरी स्वच्छाचारी ढङ्गले स्थानिय सरकार चल्न थाले पछि संघियताले कल्पना गरेको दिशा तथा छिटो विकासको अवधारा पुरा हुन सक्दैन् । अत यस्ता कार्यहरुको निगरानी सम्बन्धित पक्षले गर्नु पर्छ । नेपाल सरकारले निर्धारण गरेको नियमलाई सबैले पालना गर्नु पर्छ ।
सरकारले असाढ १० गते भित्र पालिकाको सभाहरु गर्न निर्देशनात्मक आदेश गरेको भए पनि धेरै पालिकाहरुले अहिले सम्म अटेरी गरेर गाउँसभाहरु गरेका छैनन् । त्यसबाट पालिकाहरु आफ्नै तालमा अगाडी बढेको संकेत गरेको छ । पालिकाहरुले संघ र प्रदेशलाई नै वाइपास गरेर जान खाजेको देखिन्छ । जुन कुरा संघियताको लागि खतरा हुन सक्छ । अतः यी बिषयहरुमा सम्बन्धित निकायहरुले छिटै ध्यान दिनु पर्ने देखिन्छ ।

