काठमाडौं,१३ भदौ । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले मंगलबार र शनिबार काठमाडौं – कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौं – कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’
नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं- कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी हुन् ।