नेपालमा मधेशीहरु सदियौं देखि विभेदमा पर्दै आएको विषय जगजाहेर छ । मधेशलाई मुक्ति प्रदान गर्नका लागि तराई कांग्रेस देखि हाल सम्म धेरै पार्टीहरु गठन भए । र, विभाजन पनि भए । तर, मधेशको समस्या अहिले उस्ताको उस्तै रह्यो । मधेश र मधेशीको मुद्दालाई भजाएर धेरैले आफ्नो भाग्य चम्काए पनि मधेशीहरुको जनजीवनमा अहिले सम्म खासै परिवर्तन आउन सकेन । भु–भाग र बनौटको हिसाबले छोटो समयमै विकासको क्षेत्रमा फड्को मार्न सक्ने सम्भावना मधेशमा हुदाँहुदै पनि मधेश अहिले विकासको लागि पर्खी बसेको छ ।
राजा महराजाको पाला देखि लोकतान्त्रिक गणतन्त्र सम्मको बाटोमा आईपुग्दा मधेश मुद्दा राजनीतिक तथा कानुनी बहसहरु हुदै आएका छन् । तर, त्यसको निकास भने अहिले सम्म पनि अनुभुत ह्ुन सकेको छै । भर्खरै छुट्टिएर दुई पार्टी बनेको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु पनि मधेशका तमाम मुद्दाहरुलाई जसरी भए पनि पुरा गराई छाड्ने वाचा गरेका थिए । मधेशी जनताको लामो प्रयास र दवावका बिच तत्कालिन ६ अलग अलग धारमा रहेका पार्टीहरु एक ठाउँमा उभिएर राजपा गठन गरी चुनावी मैदानमा उत्रिएको थियो ।
तत्कालिन संघिय समाजवादी फोरमले पनि मधेश केन्द्रित दलहरु अलग अलग भएर चुनावमा खासै परिणाम निकाल्न नसक्ने आँकलन गरी राजपा नेपालसँग चुनावी मोर्चाबन्दी ग¥यो र, पछि पार्टी एकतालाई ग्रीन सिग्नल प्रदान गरी पार्टी एकता गरेको थियो । मधेशी केन्द्रित दलहरुलाई अति बलियो रुपमा एक ठाउँमा उभिन एक दशक भन्दा लामो समय लाग्यो । अशोक राई र बाबुराम भटट्राई समेतको पार्टीलाई एक ठाउँमा उभ्याए पछि मधेश केन्द्रित पार्टी राष्ट्रिय पार्टी भएको उद्घोष गर्दै उपेन्द्र, महन्थ र राजेन्द्रहरु तत्कालिन सयममा हौसिएका थिए । तर, दसकौ लामो समयको पखाईबाट एक भएको पार्टी लामो समय एक रहन सकेन । जुन मधेशीहरुको लागि पनि राम्रो सकेत होईन ।
मधेशका जनताले कांग्रेस, एमाले तथा मधेश केन्द्रित दलहरु समेत सत्तामा पु¥याएर मधेशका मुद्दाहरु सम्बोधन गर्न म्यान्डेट दियो । तर, सत्तामा पुग्ने बित्तिकै के कांग्रेस ? के एमाले ? र के मधेश केन्द्रित दल ? सबै सत्ता भत्ता मोहमै विलिन भए । मधेश र मधेशीलाई इमान्दारी पुर्वक कसैले आफ्नो एजेण्डामा समावेश गराएनन् । मात्र मधेशीहरुलाई भोटको लागि प्रयोग गरियो । जुन भोली पनि हुन्छ नकार्न सकिदैन । किनभने नेपाली राजनीतिबाट वाद हराई सकेको छ । अब फेरी एक नयाँ अध्याय मधेशमा शुरु भएको छ । सिके, यादव, महतो तथा ठाकुर सबैलाई आ–आफ्नो अलग अलग डम्फु पिट्न थालेका छन् । मधेशी जनता फेरी अलमलमा छन् । अहिले देशका सबै शक्तिले मधेशलाई हेरेको अवस्था छ ।
सबै मै तेरो मित्रहरु हु भनी रहेको अवस्था छ । तर अब मधेशीहरु आफै सचेत हुन आवश्यक छ । अब सबैलाई ठोक ठाक र पिटपाट गरी परिक्षण गर्नु पर्ने अवस्था आएको छ । सत्ताको लागि मरी ह्तै गर्नेहरु पहिचान गरी उनीहरुलाई आफ्नो किताबाट आउट गर्नु पर्ने बेला आएको छ । मधेशको हिरो देशको हिरो फेरी एक चोटी जनताहरु प्हिचान गर्नु पर्ने बेला आएको छ । त्यसकारण यसमा सबै मधेशी सचेत हुन जरुरी छ । देशमा नयाँ नयाँ पार्टी बन्दै छ । सबैले कार्यकर्ता खोज्दै छन् सबै मधेशमा झर्दै छन् । तर मधेशी सचेत रहन जरुरी छ । पार्टी फोरुवा र मधेश बेचुवाहरुसँग सवधान हुन जरुरी छ ।

