spot_img

मलेसियामा बैतडीका जोशीको मृत्यु

spot_img
spot_img

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बडिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशीको मृत्यु भएको छ।

ब्लड क्यान्सरबाट पीडित जोशीको आइतबार राति उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए। जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टि भएको बताइएको छ।

जोशी पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। जोशीका श्रीमती, २ छोरी र १ छोरा छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय