spot_img

खाद्य सुरक्षा सुनिश्चित गर्न वीरगन्जमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगन्ज,०६ असार । “खाद्य सुरक्षा, सबैको व्यवसाय” भन्ने नारासहित खाद्य पदार्थ आयातकर्ता तथा निर्यातकर्तालाई लक्षित गरी खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौंको आयोजनामा तथा वीरगन्ज उद्योग वाणिज्य संघ, पर्साको सहकार्यमा कार्यक्रम संघको सभाहलमा सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिमप्रसाद पुलामीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनाली सहभागी थिए।

कार्यक्रममा उद्योगी–व्यवसायी, भन्सार एजेन्ट, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य पदार्थ आयात–निर्यात गर्दा अपनाउनुपर्ने स्वच्छता, गुणस्तर मापदण्ड, निर्यात सहजीकरण, अनुगमन प्रक्रिया तथा व्यवसायीको दायित्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सो अवसरमा व्यवसायीहरूले भन्सार प्रक्रिया, खाद्य परीक्षण तथा प्रयोगशाला प्रतिवेदन आउन ढिलाइ हुने समस्याका कारण व्यापारमा कठिनाइ भइरहेको गुनासो गरेका थिए। विशेषगरी छिट्टै बिग्रिने खाद्य सामग्रीको परीक्षण प्रक्रिया समयमै नहुँदा आर्थिक नोक्सानी हुने गरेको उनीहरूको भनाइ थियो।

व्यवसायीहरूले यस्ता खाद्य सामग्रीको परीक्षण र भन्सार प्रक्रिया छिटो तथा सहज बनाउन सम्बन्धित निकायसँग माग समेत गरेका छन्।

कार्यक्रमका वक्ताहरूले खाद्य सामग्री आयात गर्नु अघि नै गुणस्तर परीक्षण र आवश्यक प्रतिवेदन सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै व्यवसायीलाई सचेत र जिम्मेवार भएर काम गर्न आग्रह गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय