spot_img

स्रोत नखुलेको २२ लाख नगदसहित दुई जना पक्राउ

spot_img
spot_img

काठमाडौँ,०६ असार । काठमाडौँ प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू क्रिप्टो मुद्रा कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा नुवाकोट म्यगङ गाउँपालिका–५ का ४७ वर्षीय तारालाल विश्वकर्मा र पर्वत मोदी गाउँपालिका–७ का ५० वर्षीय होमबहादुर केसी रहेका छन्। उनीहरू हाल काठमाडौँका विभिन्न स्थानमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लाजिम्पाटस्थित एक बारमा अवैध डिजिटल मुद्रा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। तारालाल विश्वकर्माको साथबाट झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा २२ लाख रुपैयाँ नगद, ४० अमेरिकी डलर र रकम उल्लेख नभएका हस्ताक्षरित चार थान चेक बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी उनको मोबाइलमा क्रिप्टो एक्सचेन्ज प्लेटफर्म बाइनान्समार्फत करिब २ हजार युएसडिटी बराबरको कारोबार भएको देखिएको पनि अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय