spot_img

रास्वपामा सर्वसम्मति नभई निर्वाचनबाट केन्द्रीय समिति गठन हुने

spot_img
spot_img

काठमाडौं,०६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा निर्वाचन हुने भएको छ। संशोधित विधानअनुसार अब पार्टीको केन्द्रीय समितिमा १०० जना सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

पार्टी स्रोतका अनुसार यसपटक सर्वसम्मतिबाट समिति गठन नहुने भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिने भएको हो। रास्वपाको महाधिवेशन भोलिबाट सुरु हुने तयारी छ।

महाधिवेशनअघि आज बसेको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकमा सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए। उनले नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन जोड दिएका थिए।

केन्द्रीय समिति चयनपछि अन्य पदाधिकारीका लागि पनि निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीका शीर्ष नेताहरूले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय