spot_img

१० बुंदे सहमतिको विषयलाई लिएर ओली सँग असन्तुष्टि रावल : रावलले भने- १० बुँदे सहमति ‘एकतारे’ होइन

spot_img
spot_img

काठमाडौँ । नेकपा एमालेमा १० बुंदे सहमतिको विषयलाई लिएर असन्तुष्टि पैदा देखिन थालेको छ । एमालेका उपाध्यक्ष भीम रावलले यस विषयमा चासो व्यक्त गरेका छन् ।

रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ ।’

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअगाडी एक कार्यक्रममा १० बुँदेको विषयलाई लिएर भजनम गर्न आवश्यक नभएको बताएका थिए । उनले भनेका थिए ‘१० बुँदेको केजाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय