तपाइको आज कस्तो रहला? हेर्नुहोस राशिफल !

spot_img

काठमाडौँ-
मेष
स्वास्थ्यमा समस्या आउँन सक्छ। साथीभाइको सहयोग मिल्ने योग छ। मनमा चञ्चलता भएपनि अध्ययनमा रुची जानेछ । महत्वपूर्ण कार्यमा उल्झन हुन सक्छ।

बृष

शत्रु परास्त हुनेछन् । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्नेछ । महत्वपूर्ण व्यक्तिसँग भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ ।

मिथुन

मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार हुन्छ। यात्राको अवसर मिल्नेछ ।

कर्कट

धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष रहनेछ। शैक्षिक लगानीबाट फाइदा मिल्नेछ। व्यवसायमा सुधार हुन्छ । यात्रामा सावधानी अपनाउनु होला ।

सिंह

पारिवारिक सम्बन्ध सुमधुर हुने सम्भावना छ । शुभ कार्यमा मन जानेछ । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ। कार्यमा सफलताकाे याेग छ।

कन्या

घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग छ। आर्थिक संकट हाेला।

तुला

पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने छ। राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठाे आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह रहनेछ।

बृश्चिक

वैदेशिक यात्राको अवसर मिल्नेछ । शारीरिक स्फूर्ति बढला । पद वृद्धिको योग छ। जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

धनु

पारिवारिक समस्या हुन सक्छ । व्यापारमा आर्थिक सुधार रहला । कीर्ति बढ्नेछ । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो हाेला । स्वास्थ्यमा गडबडी हाेला ।

मकर

अनुसन्धानमूलक काममा चासो बढ्ला । मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ ।

कुम्भ

विदेश यात्राको योग छ । आजको दिन तपाई मौन रहनु लाभदायक हाेला । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ ।

मीन

व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । झुटो आरोप लाग्ला।

ज्योतिष एस्ट्रोलोजर राज ।

spot_img

ताजा अपडेट

लोकप्रिय