9.1 C
Kathmandu
17.6 C
Birgunj

अवैधरूपमा कुवेतमा काम गर्दै आएका चार नेपालीको मृत्यु

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दोहा- वैदेशिक रोजगारीको सिलसिला कुवेतमा कार्यरत चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।

- Advertisement -

तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको त्यहाँको र्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

यस्तै इलाम सन्दुकपुरका प्रदीप फागुको गत शनिवार हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । मृतक फागु त्यहाँको मंगाफस्थित ब्लक-३ मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

मृतक मध्ये अन्य दुई जनाको परिचय खुल्न सकेको छैन । फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि शवको पहिचान हुने दूतावासले जनाएको छ ।

पछिल्लो समय अधिकांश नेपाली महिला कामदार श्रम स्वीकृति बिनै गैर कानुनी बाटो हुँदै तेस्रो मुलुक कुवेत प्रवेश गर्ने गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -