13.1 C
Kathmandu
19.4 C
Birgunj

दाम मात्र होइन नाम कमाउने जिल्ला पनि हो पर्सा

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राष्ट्र सेवक भए पछि जनता र राष्ट्रको काम गर्ने पहिलो प्राथमिकता हुनु पर्छ । देश कुनै पनि ठाउँमा गए देश र जनताको इमन्दारी पूर्वक काम गर्ने मनमा अठोट हुनु पर्छ । ठाउँ दुर्गम होस वा सुगम राष्ट्रले निर्देष्ट गरेको ठाउँमा गएर काम गर्नु सक्नु पर्दछ ।

- Advertisement -

तर कतियप अवस्थामा राष्ट्र सेवक भनिएकाहरु आफ्नो पदिय मर्यादालाई भुलेर आफ्नो अनुकुल ठाउँमा गएर काम गर्नका लागि हरेक हतकण्डाहरु अपनाएका उदारहणहरु नेपाल हेर्न र सुन्न पाइन्छ । जुन सच्चा राष्ट्र सेवकहरुको लागि अपमानको बिषय हो । सच्च राष्ट्र सेवक जुनसुकै ठाउँमा गएर काम गर्न तयार हुन्छन् । तर भ्रष्ट सेवकहरु सुगम तथा कमाई हुने ठाउँलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने गरेका छन् ।

बढी कमाउँने लालसाले देशको निजामती कर्मचारी,जनपथ प्रहरी,सशत्र प्रहरी अथवा राजस्व अनुसन्धान अन्तगतका बिभिन्न पद बहाली भएकाहरुको रोजाइमा पर्सा जिल्ला एक नम्बरमै पर्ने गरेको छ । पर्सामा आउँनका लागि राष्ट्र सेवक कर्मचारीहरु आफ्ना ठूला हाकिम अथवा मन्त्री नेताहरुलाई भेटी पनि चढाउँने गरेको चर्चा बेला बखतमा आउँने गरेका छन् । देशको आर्थिक राजधानीको रुप परिचय बनाएको पर्साको बीरगन्ज करिडोर तथा खुल्ला सिमानामा हुने गरेको तस्करी अपराध लागुऔषध कारोवार तथा अन्य अबैध कारोवारहरुकोे सेटिङ्गबाट देश र जनताको सेवा गर्ने कसम खाएका राष्ट्र सेवकहरुले अकुत सम्पती कमाएको धेरै उदारहणहरु रहेको छ ।

पर्सा यती खेर फेरी तस्करी तथा लागुऔषध कारोवार मौएको छ । यसै बिचमा पर्साको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेको सरुवा पनि भएको छ । उहाँको ठाउँमा अर्का एसपीको पोष्टिङ्ग पर्सामा भइसकेको छ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको पहिलो तथा सिमामा हुने गरेको राजस्व छली एवम् तस्करी नियन्त्रणको तेस्रो चौथो लेयरमा रहेर नेपाल प्रहरीले काम गर्दै आएको छ । पर्साको प्रहरी प्रमुखको जिम्मेवारी समाहले पछि नयाँ प्रहरी उपरीक्षकले कसतो निति लिने हो यो अहिले चर्चाको बिषय बनेको छ ।

पर्साको सिमामा हुने गरेको तस्करीको पहिलो लेयरमा नेपाल प्रहरी नभए पनि नेपाल प्रहरीको मिलोमतो बिना पर्सामा तस्करी तथा सिमामा हुने गरेको अबैध कारोवार असम्भव जस्तै मानिन्छ ।
त्यस कारण नयाँ एसपी साहेवसँग सेटिङ्गको मिटिङ्ग हुने कि होइन बिषयमा तस्कर मानसिकता भएकाहरु बिच अहिले चर्चा चल्न थालेको छ । यस भन्दा पहिलाका एसपीहरु जस्तै नयाँ एसपी साहेवले पनि पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै कानुनले निर्देष्ट गरेको काम गर्ने अपराध नियन्त्रण शान्ति सुरक्षा तथा तस्करी नियन्त्रण गर्ने प्रतिद्धता जाहेर गरेका छन् । तर आफ्नो बाचामा वहाँ खरो उत्रिने हो कि होइन् हेर्न बाकी रहेको छ ।

सिमामा हुने गरेको अपराध तथा तस्करी तथा पर्साको शान्ति सुरक्षा कायम गर्नु भन्ने कुरा त्यती सहज नभएको भए पनि एउटा सच्चा राष्ट्र सेवकले चाहेको खण्डमा असम्भव पनि नरहेको हामीलाई लाग्दछ । अतः चर्चा जे चले पनि पर्साका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतले आफ्नो बाचा पुरा गर्न दतचित भएर काम गर्नु पर्छ । पर्सा दाम कमाउँने जिल्लाको रुपमा चिनिएको भए पनि यो जिल्ला नाम कमाउँने एवम् शान बढाउँने जिल्ला पनि हो भन्ने कुरा सबैले बुझन जरुरी रहेको छ । यहाँ काम गरेका प्रहरी अधिकृतहरु उच्च ओहदामा पुगेको धेरै उदारहणहरु रहेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -