13.1 C
Kathmandu
19.4 C
Birgunj

ओमानमा कार्यरत १३५ जनाभन्दा बढी नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दोहा– पछिल्लो समय ओमानमा कोरोना संक्रमण बढेसँगै त्यहाँ कार्यरत १३५ भन्दा बढी नेपाली कामदारको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

- Advertisement -

गैरआवासीय नेपाली सोसल क्लब ओमानका अनुसार त्यहाँको सोहार तथा सलालाह शहरहरुमा नि:शुल्क स्वास्थ्य परीक्षण सेवा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम त्यहाँ कार्यरत १३५ भन्दाबढी नेपालीहरुको उत्साहजनक रूपमा उपस्तिथि रहेको कार्यक्रम सोहार शहरमा “रिफ हलाब हल” तथा सलालाह शहरमा “लाइफ लाइन हस्पिटल” भित्र आयोजना भएको थियो ।

उक्त नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम लाइफ ल‌ाइन हस्पिटल ओमानको सहकार्यमा गरिएको थियो । साथै, सोहार शहरमा त्यहाँस्थित नेपाली दूतावासबाट घुम्ती सेवा पनि उपलब्ध गराईएको नेपाली सोसल क्लब ओमानले जनाएको छ ।

यसअघि पनि नेपाली सोसल क्लब ओमानले त्यहाँ कार्यरत नेपाली कामदारहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न समयमा नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -