spot_img

एन्टाले यस वर्ष पनि हर्षोल्लासका साथ मनायाे होली

spot_img
spot_img

हेमन्त तामाङ /सिड्नी ,५ फागुन । Association of Nepal Terai In Australia/एशोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले यस वर्षको होली पनि हर्षोल्लासका साथ मनाएकाे छ ।

सयौं नेपालीहरुको उपस्थितिमा सिड्नीको ब्लाक टाउन सो ग्राउण्डमा यस वर्षको होली कार्यक्रम आयोजना भएको थियाे ।
साे कार्यक्रममा नेपाली समुदाय बीच भाइचारा एवं मित्रतालाई अझै प्रगाड बनाउनुको साथै आफ्नो संस्कृति जगेर्नालाइ ध्यानमा राख्दै  विभिन्न कार्यक्रम गर्दै आइरहेको र होली कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको संस्थाका अध्यक्ष शुवांस साहले बताउनुभयो।

कार्यक्रममा एक अर्कालाई अबिर लगाउदै होलीको शुभकामना आदानप्रदान सहित विभिन्न नेपाली स्वादिष्ट परिकारहरुको साथ नाचगान गरेर भव्यताको साथ हाेली मनाईएको अध्यक्ष साहले बताउनुभयो।

कार्यक्रममा भारतीयको समेत उल्लेखनीय उपस्थिति 

कार्यक्रममा एनआरएन एनयसडब्लु (NSW)राज्यका संयोजक देव गुरुङ,ब्लक टाउन नेप्लिज कम्युनिटिका संयोजक सिताराम घिमिरे, ब्ल्याक टाउन नेप्लिज कम्युनिटिका अभिभावक निर्मल केसी लगायतको उपस्थिति समेत रहेको थियो।

एन्टाले हरेक वर्ष होली कार्यक्रम भव्यताको साथ गर्दै आएको छ। विभिन्न सामाजिक एवं सांस्कृतिक कार्यक्रम मार्फत नेपाली समाजलाई जोड्दै आएको यस संस्था नेपाली समाज साझ लोक प्रिय समेत रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय