शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
28.8 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार अपरेसन ‘बाली’ को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

- Advertisement -

घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सेनाले जानकारी दिएको हो ।

नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट गुरुङको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गरेका छन् । यस घटनाबाट सिंगो नेपाली सेनालाई नै स्तब्ध बनेको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

- Advertisement -

यता राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समेत समवेदना व्यक्त गरेका छन् ।

महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -