बारा,५ जेठ – बाराको कलैंया उपमहानगरपालिकाको पछिल्लो ताजा अपडेट अन्ुसार नेकपा एमालेका उम्मेदवार बिनोद साहले आफ्नो अग्रता कायमै राखेको छ । साहले १८ हजार ३९ मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।
उनलाई ५ दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका राजेश राय यादवले १३ हजार १ सय ७३ मत प्राप्त गरी छपयाई रहेका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकै उम्मदवार रौशन परविन १३ हजार ८ सय ३५ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार प्रमोद गुप्ता १३ हजार ७ सय ३० मत प्राप्त गरी पछयाई रहेका छन् ।
कलैया उपमहानगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९ भईसकेको छ भने वडा नं. २०,२१,२२,२३, र २४ को गणना शुरु हुने तरखरमा रहेको छ ।

