मेयर सिंहले जनताको नाममा सपथ खाए, नेताको चाकरी भन्दा गरिब जनताको सेवा गर्न कर्मचारीहरुलाई निर्देशन

spot_img

बीरगन्ज,१२ जेठ – बीरगन्ज महानगरपालिकाको नव निर्वाचित मेयर राजेशमान सिंहले जनताको नाम सपथ ग्रहण गरेका छन् । बीरगन्ज महानगरपालिकाको आदर्शनगर स्थित पुरानो वसपार्कमा आयोजित भव्य समारोहका बिच नवनिर्वाचित सिंहलाई पर्साको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सपथ खुवाएका छन् । पर्साका मुख्य निर्वाचन अधिकृत पौडेलले मेयर सिंहलाई सपथ ग्रहन गराएपछि उपमेयर इम्तियाज आलम सहितका नवनिर्वाचित वडा अध्यक्ष एवम् महानगर

कार्यपालिका सदस्यहरुलाई मेयरले सिंहले सपथ खुवाएका थिए ।

बीरगन्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत निश्छलराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बीरगन्ज महानगरपालिकाको नवनिर्वाचित मेयर,उपमेयर सहितका जनप्रतिनिधिहरुहरुले बीरगन्जका जनतालाई निरास नगर्ने आफुलाई विश्वास रहेको बताए ।

गठबन्धनको उम्मेदवारलाई मतदान गरेकोमा बीरगन्जवासीहरुलाई धन्यवाद व्यक्त गर्दै स्थानिय तह विकास एवम् निर्माण कार्यलाई अगाडी बढाउने सबै भन्दा ठूलो एकाई रहेको अध्यक्ष यादवले बताए । उनले बीरगन्जमा शिक्षा,स्वास्थ्य,सडक नाला लगायतको थुर्पै समस्या रहेको वताउदै नव निर्वाचित जनतप्रतिनिधिहरुले त्यसलाई सुधार गर्न तथा समाधान गर्न सक्षम हुने धारण व्यक्त गरे । मन्तव्यको क्रममा यादवले सबै विकासको मुख्य मेरुदण्ड शिक्षा रहेको चर्चा गर्दै शिक्षाको विकास भए अरु विकासहरु स्वत हुदै जाने कुरामा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर राजेशमान सिंहले आफु जनताको नगर पिताको रुपमा नभएर सेवकको रुपमा काम गर्ने बताए । उनले आफुले जति बोले उति काम गरेर देखाउने बताए । आफु काम गर्न आएकोले काम गर्न बतावरण मिलाई दिन गठबन्धनका सबै नेताहरुलाई आग्रह गर्दै सय दिन काम गर्न दिएर मात्र सम्मान कार्यक्रमहरु गर्न सिंहले जनतालाई आग्रह गरे । निर्वाचित भएपछि बीरगन्जमा मेयरलाई एक महिना सम्मान कार्यक्रममा बोलाउने परिपाटी रहेको चर्चा गर्दै मेयर सिंहले त्यसो नगर्न बीरगन्जका संघ संस्था एवम् जनताहरुलाई आग्रह गरे ।

उनले जनताले मलाई ठूलो ऋण लगाएको बताउदै, मैले ऋण चुकाउने र जनताको विश्वासमा खरो रुपमा उत्रिने प्रतिब्धता व्यक्त गरे । मेयर सिंहले बीरगन्ज महानगरपालिकाका कर्मचारीहरुलाई इंगित गर्दै मेयर र नेताहरुको टोलमा सरसफाई र काम भन्दा पनि बीरगन्जको गरिब जनताको घरवरीपरीको सफाई तथा काममा बिशेष ध्यान दिन निर्देशन दिए । नेताको चाकरी गरेर अब बढुवा नहुने भन्दै सिंह जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । मलाई बीरगन्ज महानगरलाई समृध बनाउनु छ,यसमा बीरगन्जवासीको सहयोगको आवश्यक रहेको कुरामा मन्तव्यको क्रममा सिंहले जोड दिए ।

कार्यक्रमलाई मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्दी, संघिय सांसद प्रदिप यादव,नवनिर्वाचित उपमेयर इम्जियाज आलम लगायतकाले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा बीरगन्जका बिभिन्न राजनितिक दलका प्रतिनिधि,गठबन्धनका नेताहरु,प्रतिष्ठित उद्योगपती,बीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधिहरु,बीरगन्ज महानगरपालिकाका कर्मचारीहरु एवम् बीरगन्जका प्रबुद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय