बीरगन्ज,१२ जेठ – बीरगन्ज महानगरपालिका नवनिर्वाचित मेयर राजेशमान सिंहले बिहिवार बेलुका सपथ ग्रहन कार्यक्रम सकिए लगतै पदभार ग्रहण गरेकाछन् । सपथ ग्रहण कार्यक्रम सकिए लगतै बीरगन्ग महानगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मेयर सिंहले पदभार समाल्दै बीरगन्ज महानगरपालिकाको जनताको लागि ३ वटा महत्वपूर्ण निर्णय गरेका छन् ।

सपथ ग्रहण गरेको २४ घण्टाभित्र परिवर्तनको महसुुस गराउने प्रतिबद्धता गरेका मेयर सिंहले घण्टाघर क्षेत्रमा भत्किएको सडक तत्काल मर्मत सम्भार गर्ने, महानगर क्षेत्रका १० हजार ९ सय २४ घरधुरीको ग्राहस्थ अर्थात घरेलु मिटरमा ३० युनिट सम्म खपत गर्ने गरिब तथा विपन्न नागरिकहरुको मासिक न्युनतम विधुत महसुल र ईनर्जी चार्ज समेतको भुक्तानी दायित्व महानगरले लिने र महानगरका कृषकले लिएका ४ सय ७० कृषि मिटरको सम्पूर्ण शुल्क पनि महानगरले तिर्ने निर्णय गरेका छन् । घोषणा गरिएको निर्णय साउन महिना अर्थात नयाँ आ.व. देखि लागु बीरगन्ज महानगरपालिकाले जनाएको छ ।
पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिदै मेयर सिंह जनताको पक्षमा काम गर्न के रात के दिन केहीको प्रवाह नगर्ने बताए । उनले विकासको सवालमा कुनै सम्झौता नगर्ने सिंहले प्रतिब्धता व्यक्त गरेका छन् । प्रदिप यादव र मेयर राजेशमान सिंह सहितको नेताहरुको टोली रोड मर्मत गराउन राती ९ बजेर बीरगन्जको घण्टाघरमा पुगेका छन् ।

