बीरगन्ज,३२ असार- कालिकामा गाउँ पालिकाकाे आज हुने भनिएकाे गाउँ सभा अनिश्चित कालका लागि स्थगित भएकाे छ। भारी सुरक्षाका बिच सभा गरिने तयारी गरिए पनि अन्तिम समयमा सभा स्थगित भएकाे हाे ।
बैठक दिउँसो शनिवार ४ बजे बोलाइएको भएपनि शान्ति सुरक्षाको कारण देखाउँदै अर्को सूचना जारी नभए सम्मको लागि सभा स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमारले बताए ।

योजना लेनदेनको बिषयमा गाउँपालिकको जनप्रतिनिधिहरु दुई पक्षमा बिभाजित भएपछि यस भन्दा अघिको सभा स्थगित भएको थियो । शुक्रबार गाउँसभाको क्रममा दुई पक्ष बिच बिवाद भएपछि सभा स्थगित गरिएको थियो । सभा स्थगित भएको केहि बेरमै जनप्रतिनिधिहरु दुई समुहमा बिभाजित भएर झडपमा उत्रिएका थिए ।
शुक्रवार बेलुका र शनिवार बिहान भएको झडपमा वडा अध्यक्ष सहित हाल सम्म आधा दर्जन भन्दा व्यक्तिहरु घाइते भएको स्थानिय प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रण गर्ने क्रमा एक जना प्रहरी सहायक निरिक्षक पनि घाईते भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
सभा शान्ति पूर्वक तथा बिधि पद्धतीमा सम्पन्न गर्न आफु गम्भीर रहेको भएपनि तनावको स्थिती सृजना भएपछि हालको लागि सभा स्थगित गरिएको गाउँपालिका अध्यक्ष बशिष्ठ कुमारको भनाई छ । उनले छिटै अर्को सभाको मिति तोकेर आन्तरिक तयारी एव छलफल पछि सहमतीमै शान्ति पूर्वक सभा सम्पन्न गर्ने लक्ष्यका साथ आफुले काम गरी रहेको गाउँपालिका अध्यक्ष कुमारले बताए ।
आफु झगडा तथा झडपको पक्षमा नरहेको बताउँदै जनताको हितको पक्षमा उभिन जहिल्यै पनि तयार रहेको गाउँपालिका अध्यक्ष कुमारको भनाई छ ।
तर सभाको मिति तोकिएपछि आफुहरु उपस्थित भएपनि गाउँपालिकाले सभा गर्न नचाहेको तथा दोस्रो पटक वसने भनिएको सभा अर्को सूचना जारी नभए सम्मको स्थगित गरिएको सूचना प्रकाशित गरेको उपाध्यक्ष राजमती बैरनीको नेतृत्वमा रहेको पक्षको भनाई छ । गाउँपालिका वडा नं. २ का अध्यक्ष सोनालाल चौरसियाले आफुहरु सभा शािन्त पूर्वक होस भन्ने पक्षमा रहेको भएपनि गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत तथा गाउँपालिका अध्यक्षले सभा गर्न नचाहेको आरोप लगाए ।
स्थानियले आफुहरु झडप नचाहेको तथा शान्ति पुर्वक विकासको काममा नेताहरु लागोस भन्ने पक्षमा रहेको बताए । झडपको क्रममा नेपाली कांग्रेसका नेताहरुले ज्यादी गरेको वडा ४ का वासिन्दाहरुको भनाई छ । कालिकामाई गाउँपालिकाको अवस्था अहिले पनि तनाव पूर्ण रहेको तथा झडपको क्रममा दर्जनौ दुई पाग्रे सवारी सधान तथा घरहरुमा तोडफोड भएको छ ।
वडा नं. ४ का वडा अध्यक्ष संजय कुमार साह तथा उनका भाई रन्जित कुमार साहले भोट नदिएको निउमा छानीछानी वडा वासीलाई कुटपिट गरेको सवारी सधानमा तोडफोड गरेको,पम्पु सेट एव पसलहरुमा तोडफोड गरेको पिडितहरुको भनाई छ । बलुवामा काग्रेसी नेताहरु एकजना अपाङ्ग शम्भु पासवानलाई समेत कुटपिट गरेको छ । स्थानियहरुका अनुसार झडपको क्रममा प्रहरी मुख दर्शक बनेको तथा दोषीलाई हाल सम्म पक्राउ समेत नगरेको गुनासो गरे । उनीहरुले प्रहरीले जाहेरी समेत लिन नमानेको आरोप लगाए ।
यता पर्साका प्रहरी प्रमुख रमेश कुमार वस्नेतले हाल सम्म त्यसो कुनै प्रकारको जाहेरी नआएको बताउँदै दोषी उपर जाहेरी आए दर्ता गरिने तथा घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने प्रतिब्द्धता जनाए ।
सभा आयोजना हुने भनिएको नेपाल अधारभुत विद्यालय हरपुरमा सभाको क्रमा हुन सक्ने उत्श्रृखल गतिबिधि नियन्त्रण गर्नको लागि शनिवार दिनभरी भारी मात्रामा सशत्र प्रहरी एवम् नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । यद्यपी सभा स्थगित भएपछि जनप्रतिनिधिहरुलाई प्रहरी सुरक्षामा घर पु¥याएपछि सुरक्षाकर्मीको टोली फर्किएको थियो ।
अहिले पनि गाउँपालिकामा कुनै बेला झडप हुन सक्ने भएकोले प्रहरीले शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त राख्नु पर्ने स्थानिय आम सर्वसधारणहरुको भनाई छ ।

