spot_img

पपस्टार सकिरा माथी स्पेनमा कर छलीको अभियोग

spot_img
spot_img

एजेन्सी,१६ साउन चर्चित पपस्टार सकिरा मुस्किलमा परेकी छन्। स्पेनमा कर छलीको अभियोग लगाइएपछि उनी मुस्किलमा परेकी हुन्। सन् २०१२ देखि २०१४ सम्म सकिराले आम्दानी गरेको रकममध्ये १४.५ मिलियन युरो कर छली गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको छ। बार्सिलोनाका अभियोजनकर्ताले सकिरालाई आठ वर्षको जेल सजाय र २४ मिलियन युरो क्षतिपूर्ति गर्नुपर्ने माग गरेका छन्।

सकिराले कर छली गरेको भन्दै परेको मुद्दालाई अदालतले खारेज गरेको थियो। त्यसपछि अभियोजनकर्ताले आठ वर्ष जेल सजाय र २४ मिलियन युरो क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका हुन्। सकिराको पक्षले उनी निर्दोष रहेको र उनले कमाएको रकमको नियमानुसार कर तिरेको दाबी गरेका छन्। ‘उनी निर्दोष छिन्। यस कुरामा सकिरा पनि पूर्णविश्वस्त छिन्’, सकिराका प्रतिनिधिले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सकिरा निर्दोष रहेकाले उनले पनि अदालतमा मुद्दा दायर गर्ने भएकी छन्।’

स्पेनमा रहँदा सकिराको ६० मिलियन एल्बम बिक्री भएको थियो। त्यो एल्बमको बिक्रीबाट उठेको रकमको कर उनले नतिरेको अभियोग लगाइएको छ। अभियोजनकर्ताका अनुसार सन् २०१२ मा सकिराले बार्सिलोनामा घर किनेकी थिइन्। जुन घरमा उनीसँगै उनका पति तथा बार्सिलोनाका फुटबल स्टार जेरार्ड पिक पनि बस्ने गर्थे। अहिले सकिराले जेरार्ड पिकसँग सम्बन्ध बिच्छेद गरिसकेकी छन्।

गत जुनमा जेरार्ड पिकसँग सम्बन्ध बिच्छेद गरेपछि सकिरा आफ््नै देश कोलम्बियामा बस्दै आएकी छन्। सकिराका वकिलका अनुसार उनले सबै पैसा अन्तर्राष्ट्रिय टुरबाट कमाएकी हुन्। उनी सन् २०१५ मा मात्रै स्पेनमा बसाइँ सरेको र नियमानुसार तिर्नुपर्ने सम्पूर्ण कर तिरेको दाबी उनको वकिलको छ। वकिलका अनुसार स्पेन बसाइँका क्रममा सकिराले १७।२ मिलियन युरो कर तिरिसकेकी छन्। –एजेन्सी

spot_img

ताजा अपडेट

लोकप्रिय