Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

पपस्टार सकिरा माथी स्पेनमा कर छलीको अभियोग

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी,१६ साउन चर्चित पपस्टार सकिरा मुस्किलमा परेकी छन्। स्पेनमा कर छलीको अभियोग लगाइएपछि उनी मुस्किलमा परेकी हुन्। सन् २०१२ देखि २०१४ सम्म सकिराले आम्दानी गरेको रकममध्ये १४.५ मिलियन युरो कर छली गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको छ। बार्सिलोनाका अभियोजनकर्ताले सकिरालाई आठ वर्षको जेल सजाय र २४ मिलियन युरो क्षतिपूर्ति गर्नुपर्ने माग गरेका छन्।

- Advertisement -

सकिराले कर छली गरेको भन्दै परेको मुद्दालाई अदालतले खारेज गरेको थियो। त्यसपछि अभियोजनकर्ताले आठ वर्ष जेल सजाय र २४ मिलियन युरो क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका हुन्। सकिराको पक्षले उनी निर्दोष रहेको र उनले कमाएको रकमको नियमानुसार कर तिरेको दाबी गरेका छन्। ‘उनी निर्दोष छिन्। यस कुरामा सकिरा पनि पूर्णविश्वस्त छिन्’, सकिराका प्रतिनिधिले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सकिरा निर्दोष रहेकाले उनले पनि अदालतमा मुद्दा दायर गर्ने भएकी छन्।’

स्पेनमा रहँदा सकिराको ६० मिलियन एल्बम बिक्री भएको थियो। त्यो एल्बमको बिक्रीबाट उठेको रकमको कर उनले नतिरेको अभियोग लगाइएको छ। अभियोजनकर्ताका अनुसार सन् २०१२ मा सकिराले बार्सिलोनामा घर किनेकी थिइन्। जुन घरमा उनीसँगै उनका पति तथा बार्सिलोनाका फुटबल स्टार जेरार्ड पिक पनि बस्ने गर्थे। अहिले सकिराले जेरार्ड पिकसँग सम्बन्ध बिच्छेद गरिसकेकी छन्।

- Advertisement -

गत जुनमा जेरार्ड पिकसँग सम्बन्ध बिच्छेद गरेपछि सकिरा आफ््नै देश कोलम्बियामा बस्दै आएकी छन्। सकिराका वकिलका अनुसार उनले सबै पैसा अन्तर्राष्ट्रिय टुरबाट कमाएकी हुन्। उनी सन् २०१५ मा मात्रै स्पेनमा बसाइँ सरेको र नियमानुसार तिर्नुपर्ने सम्पूर्ण कर तिरेको दाबी उनको वकिलको छ। वकिलका अनुसार स्पेन बसाइँका क्रममा सकिराले १७।२ मिलियन युरो कर तिरिसकेकी छन्। –एजेन्सी

ताजा समाचार

spot_img

थप समाचार