रौतहटबाट चुनाव लड्दै माधव नेपाल

spot_img

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते एकैपटक गर्ने सरकारले निर्णय गरेसँगै राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन् ।

विभिन्न राजनीतिक दलका नेताहरुले आफूले चुनाव लड्ने स्थानमा उम्मेदवारी घोषणाको कार्यक्रम राख्न थालिसकेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने भएका छन् ।

उनी प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने बताइएको छ । उनी आउँदो निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएको उनको निजी सचिवालयले जनाएको छ । यसअघि २०७४ को प्रतिनिधिसभानिर्वाचनमा उनी काठमाडौँ–२ बाट चुनाव लडेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय