बीरगन्म्पाज,३ भदाै – निर्वाचनको घोषणासँगै देशैभरी अगामी निर्वाचनमा भाग लिने दल,पार्टी तथा नेताहरुको चर्चा परिचर्चा पत्रपत्रिका,अनलाईन पोर्टल एवं समाजिक सञ्जालहरुमा आउँन थालेका छन् । देशकै सबै भन्दा ठूलो पंचायत भवनमा सहभागी हुने जनप्रतिनिधहरुको भाग्य भविष्यको फैसला अमागी मंसीर ४ गते हुने निर्वाचनले तय गर्ने छ । त्यती मात्र नभई संघ र प्रदेशको निर्वाचन एकै पटक हुन लागेको कारण प्रदेश सरकारहरुको पनि भाग्य र भविष्य यही निर्वाचनले तय गर्ने छ ।
प्रजातन्त्रिक मुलुकको लागि निर्वाचन जनताको लागि एक खालको उत्सव हो । चुनाव प्रजातन्त्रको सुन्दर पक्ष पनि हो । बिभिन्न विचार र एजेण्टा लिएर नेताहरु जनताको घर दैलोमा पुग्ने गर्दछन् भने जनताले आफ्नो मताधिकारको प्रयोग गरी आफ्नो प्रतिनिधि चयन गर्दछन् । जसले जनप्रिय योजनाहरु ल्याएर मुलुकको विकासमा टेवा पु¥याउँदछन् ।
यसपालीको आम निर्वाचनमा ४० दल निर्वाचनमा भाग लिनको लागि दल दर्ता गराई सकेका छन् । त्यसैगरी आफ्नो बिचार सिद्धान्तसँग मेल खाले पार्टीहरु गोलबन्द हुने काममा लागि सकेका छन् ।
निर्वाचनको लागि अब दिन गन्ना पनि शुरु भइसकेको छ । निर्वाचनको लागि अब केवल ९२ दिन बाकी रहेको छ । सत्ताको नेतृत्व गरी रहेको ५ दलिय गठबन्धन संघ र प्रदेश दुवैमा आपसी तालमेल गरेर जाने करिव करिव सहमत भइसकेका छन् । पार्टीहरु पनि आफ्ना उम्मेदवार चान्ने गृहकार्यमा लागी सकेका छन् । नेताहरु समाजिक सञ्जाल मार्फत नै पार्टी अनुशासनलाई तोडदै धमाधम उम्मेदवारीहरु घोषणा पनि गर्न थालेका छन् । यी सब कुराहरुले चुनावी सरगर्मी शुरु भएको संकेत गरेको छ ।
तर, यी सबै गतिबिधिहरुका बिच विकास,सिद्धान्त र विचारका कुराहरु तथा जनताका मुद्दाहरु ओझेलमा परेको देखिन्छ । देशमा मंहगी,बेरोजगारी,शिक्षा,स्वास्थ्य, लगायत अन्य विकासका पूर्वधारहरुको बिषयमा बहस अहिले शुरु भएको छैन् । देशमा शासकीय स्वरुप परिवर्तन भएपनि जनताको जनजिवीकामा अहिले पनि परिवर्तन आएको छैन् । स्वास्थ्य सेवा नपाएर कोरोना कालमा मृत्युवरण प्राप्त गरेका आफ्न्तहरुका आशु अहिले पनि सुकेका छैनन् । त्यसकारण यसपालीको निर्वाचन पहिले भन्दा अलि फरक ढङ्गले हुने हाम्रो बिश्लेषण छ ।
एका तर्फ दुई दुई पटक सम्म संसद बिगठनको प्रयास गर्ने लोकप्रिय तथा शाक्तिशाली प्रतिपक्षि दलका नेता केपी ओली अर्थात खड्कप्रसाद ओली रहेको छन् भने एकतर्फ ५ दलिय गठबन्धनका नेतृत्व गरी रहेका नेता नेपाली कांग्रेसका सभापती एवं देशका बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् । देउवासँग फरक फरक बिचार बोकेका दलका नेताहरु एकजुट भएका छन् । देउवा ६ औं पटक देशको नेतृत्व गर्ने तयारीका साथ निर्वाचनमा भाग लिदैछन् । त्यसका साथै अन्य स सना दलहरु निर्वाचनमा सहभागी हुनका लागि एकदम तयार रहेका छन् ।
गठबन्धन भित्रका दलका नेताहरुलाई निर्वाचनमा टिकट पाउँने नपाउँने चिन्ताले पिरोली रहेको छ भने नेकपा एमाले लगायतका अन्य दलहरु निर्वाचनमा टिकट नपाउँने नेताहरुको आक्रोशलाई आफु अनुकुल कसरी प्रयोग गर्ने भने चिन्ता छ । लडाई रोचक छ । जनतालाई सबैको बिचमा विकास प्रतिको प्रतिब्धता पुरा गर्ने एवं दुःख सुखमा सारथी नेता चुन्नु पर्ने छ । दलहरु आफ्ना विचार,सिद्धान्त एवं एजेण्डाहरुलाई स्पष्ट रुपमा जनताको बिचमा लिएर आउनु पर्छ । प्रजातन्त्र एवं संघिय गणतन्त्रको रक्षाको लागि सबै जनता एकजुट भएर निर्वाचन सफल पार्ने अभियानमा जुटनु पर्छ ।