काठमाडौँ । नेपाली कांग्रेसका नेता ,समाजवादी चिन्तक तथा राजनीतिक विश्लेषक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।
सामाजीक संजालभरि सबैले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
अहिले प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ । शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियोे अहिले त्यहि स्थिति छ ।
लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए । स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिन अघि उनको छातीमा संक्रमण देखिएको हो । उनको अहिले मेडी सिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।

