जनकपुरधाम,भाद्र २० । महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशका उपसचिव देवकी खत्रीले मानव बेचबिखन रोक्न सबै मिलेर जनचेतना जगाउनु पर्ने बताएकी छ्न ।
‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज र तिनैतहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’भन्ने मूल नाराका साथ मानव वेचविखन तथा ओसारपसार बिरुद्धका १६ औं राष्ट्रिय दिवसका अवसरमा माईती नेपाल धनुषाले जनकपुरको जानकी मन्दिरबाट विरुद्ध र्याली निकालिएको थिए।सो र्यालिमा ‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज र तिनैतहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’ जस्ता नारा लगाउदै जनक चौक ,शिव चौक,भानु चौक हुँदै रेल्वे स्टेसनमा पुगेर कोणसभामा परिन्त गरेको थिए।
माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुशोतम यादवको अध्यक्षतामा भएको कोणसभामा उपसचिव खत्रीले यस्तो बताएकी हुन् । मधेश प्रदेशका आठै जिल्लाहरु भारतको सिमासंग जोडिएको भएर मानव बेचबिखनको मुख्य केन्द्र बिन्दु अहिले मधेश प्रदेशनै रहेको र अहिले ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै उपसचिव खत्रीले मानव बेचबिखन तथा ओसारपसार मानव बिरोधी गम्भीर अपराध भएकोले सबै मिलेर जनचेतना जगाउनुपर्ने बताइन ।
मानव बेचबिखन जुन कुरितीलाई हटाउनको लागि यो कार्यक्रम गरिएको माइती नेपाल धनुषाका कार्यक्रम संयोजक यादवले बताए।उनले भन्नुभयो,’मधेश प्रदेशको राजधानीसमेत रहेका जनकपुरसहित देशभरीका आमजनतामा जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको छ।’
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह,राष्ट्रिय मानव आयोग,मानव अधिकारको लागि महिला एकल समुह,लाईफ नेपाल ,आफन्त नेपाल ,ओरेक नेपाल ,महिला विकास सेवा केन्द्र ,स्पर्श नेपाल ,आसमान नेपाल ,सुरक्षाकर्मीसहित विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुशोतम यादवले बताए।

