ढल्केवरमा हात्तीले बितण्डा मच्चाऊदै

spot_img

जनकपुरधाम,भदौ २० । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा हात्तीले बितण्डा मच्चाउन थालेको छ । आइतबार राति जंगलबाट आएको हात्तीले ढल्केवरका सातवटा घर भत्काएको हो ।

जंगलबाट गाउँ पसेको हात्तीले ढल्केवरस्थित नयाँ टोलमा चार र खानेपानी टंकीटोलमा तीनवटा घर भत्काएको हो । बसही खोला हुँदै नयाँ टोलमा प्रवेश गरेका हात्तीले घरहरू भत्काउन थालेपछि स्थानीयले आगो बालेर थाल पिट्दै हात्तीलाई लखेटेका थिए ।

स्थानीयले लखेटेपछि नयाँ टोलबाट भागेका हात्ती खानेपानी टंकी टोलमा गएर तीनवटा घरमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

हात्तीले मानवीय क्षति नगरे पनि घरभित्रका अन्नपात खाइदिएको उनले बताए । हात्तीले मिथिला नगरपालिकामा केही समयदेखि क्षति गरिरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय