बाराको करैयामाई गापामा दुई पक्ष बिच झडप, आधा दर्जन घाइते

spot_img

बारा,२२ भदौं – बाराको करैयामाई गाउँपालिकामा स्थानिय दुई पक्ष बिच झडप हुँदा दुबै तर्फ गरी कम्तीमा पनि ६ जना घाइते भएका छन् ।

स्थानिय छिमेकीसँग जग्गाको बिषयमा शनिवार बिवदा हुँदा करैयामाई गाउँपालिाका वडा नं. २ निवासी शारदा देवी, ललिता देवी, सेन्दु देवी, फुला देवी,राधिका चौधरी र फुल कुमारी चौधरी घाइते भएकी छिन् । घाइते मध्ये फुला देवीको अवस्था गम्भीर रहेको स्थानियहरुको भनाई छ । उनको टाउँकोमा गम्भीर चोट लागेको छ । बाँसको भाडा प्रहारबाट उनी घाइते भएको स्थानियहरुको भनाई छ । ललिता देवीको कम्मरमा गम्भीर चोट लागेको छ भने सेन्दु देवीको हात भाचिएको घाइते मध्येकी ललिता देवीले बताइन् ।

घटनाको बिषयमा प्रहरीलाई जाहेरी दिएको भएपनि हाल सम्म प्रहरीले दोषीलाई पक्राउ गर्न तदारुपता नदेखाएको पिडित परिवारको भनाई छ । स्थानिय गगन चौधरीले समान्य बादबिवादमा बाँसको भाडा प्रयोग गरी परिवारको सबै सदस्यलाई कुटपिट गरी घाइते बनाएको ललिता देवीले बताइन् । गगन चौधरीले आफ्नो घरमा समेत बस्न नदिएको तथा घरमा जाँदा कुखुरी लिएर लखेटने गरेको देवीको भनाई छ । चौधरीको धम्कीका कारण आफु स–परिवार लुकेर वसी रहेको पिडिट परिवारको भनाई छ । घरमा पनि भेटने बितिकै ज्यान गर्ने धम्की दिने गरेको कारण आफुहरु लुकेर वसेको ललिता देवीले बताइन् ।

घाइतेहरु सबैको बीरगन्जको नारायणी अस्पतालमा उचार भइरहेको छ । पिडित परिवारका अनुसार प्रहरीलाई घटनाको बिषयमा जानकारी रहेको छ । आफुहरु न्यायको लागि हार गुहार गरेको भएपनि हाल सम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसकेको ललिता देवीले बताइन् । जिल्ला प्रहरी कार्यालय बाराले घटनाको आरोपीहरुको खाजे तलास भइरहेको तथा दोषी देखिएकाहरु उपर कानुनी कारवाही गर्ने जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय