बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

आईफोन १४ : भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एपलले नयाँ आईफोन १४ सार्वजनिक गरेको छ जसमा भूउपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ। कोरोनाभाइरस महामारीपछि मानिसहरू उपस्थित कार्यक्रममा पहिलो पटक नयाँ मोडेलका आईफोन, घडी र एअरपडहरू सार्वजनिक गरिएका हुन्।

- Advertisement -

उक्त कार्यक्रममा एपलका प्रमुख कार्यकारी अधिकृत टिम कुक पनि उपस्थित थिए तर सम्पूर्ण प्रस्तुति पहिले नै रिकर्ड गरिएको थियो। आईफोन १४ दुई वटा आकारहरूमा ल्याइएको छ जसमा आईफोन १४ र आईफोन १४ प्लस पर्छन्।

आपत्‌कालीन सहयोग माग्ने सुविधा

- Advertisement -

नयाँ हेडसेटहरूमार्फत भूउपग्रहको माध्यमबाट आपत्कालीन सहयोगको माग गर्दै कल गर्न सकिन्छ।

फोनले आकाशमाथि रहेको भूउपग्रहको अवस्था देखाउँछ र कसरी ठिक ढङ्गले तीसँग सम्पर्क स्थापित गर्ने भन्ने पनि निर्धारण गर्छ। एउटा साधारण सन्देश पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लाग्न सक्छ।

सीसीएस इनसाइटका प्रमुख विश्लेषक बेन वूडले भूउपग्रहसँग जोड्ने उपलब्धिलाई कम आकलन गर्न नहुने बताए।

एक जना प्रविधि विश्लेषक पाओलो पेसकाटोरीइले दुर्गममा रहेका उपभोक्ताहरूका लागि पछिल्लो अन्वेषण सहज हुने बताए।

१२ महिनामा ३० खर्व फोटो
प्रविधिसम्बन्धी अग्रणी उक्त कम्पनीले नयाँ १२ मेगापिक्सेलको क्यामेरा घोषणा गरेको छ जसले तेज गतिमा चलिरहेका बस्तुहरूको फोटो खिच्ने सामर्थ्य राख्छ।

उक्त कम्पनीले कम प्रकाशमा तस्बिर खिच्ने क्षमता ४९ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ।

अगाडिको क्यामेरामा पहिलो पटक अटो फोकस छ जसले अझ राम्रो सेल्फी खिच्न सक्छ।

एपलका अनुसार प्रयोगकर्ताहरूले पछिल्लो १२ महिनामा तीस खर्वभन्दा धेरै फोटो खिचेका थिए।

आईफोन १४ को मूल्य अमेरिकामा ७९९ डलर अर्थात् १ लाख १ हजार रुपियाँ भन्दा केही बढीबाट सुरु हुने जनाइएको छ।

आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा स्क्रिनको माथिपट्टि रहेको काटिएको खालको डिजाइनले विविधता थपेको छ।

आकार बदल्ने क्षमता
डाइनामिक आइल्याण्ड भनिने एउटा फिचरले कस्तो नोटिफिकेशन आउँछ त्यस अनुसार आफ्नो आकार बदल्न सक्ने भनिएको छ। अर्को ठूलो परिवर्तन भनेको ह्यान्ड सेट धेरै खुल्ला नै रहन्छ। फोन सञ्चालन नभएको समयमा स्क्रिन मधुरो हुन्छ र एप्लिकेशनहरू रिफ्रेस हुने दर घट्छ।

फोनको सेट गाढा बैजनी, कालो, सिल्भर र सुनौला रङ्गहरूमा निकालिएको छ।

आईफोन १४ प्रोको मूल्य अमेरिकामा ९९९ डलर अर्थात् १ लाख २६ हजार ५ सय भन्दा बढी पर्छ।

एपल वाच सिरिज ८

एपल वाच सिरिज ८ का कैयौँ नयाँ विशेषता छन् जसमा दुर्घटनामा परेका कार पत्ता लगाउने, महिनावारी चक्रलाई पछ्याउन सहयोग गर्ने तापक्रम सम्बन्धी सेन्सर र कम पावरमा पनि सञ्चालन हुने विकल्प छ।

अमेरिकामा गर्भपतन सम्बन्धी कानुनमा परिवर्तन गरिएपछि महिनावारी सम्बन्धी तथ्याङ्कहरू कानुन कार्यान्वयन गर्ने निकायको हातमा पुग्न सक्ने चिन्ताहरू व्यक्त गरिएका छन्।

पलले त्यस्ता तथ्याङ्कहरू आफ्ना उपकरणहरूमा रहेका तथ्याङ्कहरूलाई सुरक्षित राखिने र पास कोड वा बायोमेट्रिक्सका मद्दतले मात्रै त्यसमा पहुँच हासिल गर्न सकिने जनाएको छ।

एक्टिभेट गरिएको खण्डमा नयाँ घडीले शरीरको तापक्रम प्रत्येक पाँच सेकेन्डमा अनुगमन गर्न सक्छ। अर्को नयाँ विशेषता कार दुर्घटना पत्ता लगाउनु हो।

सेन्सरको प्रयोग गरी घडीले गम्भीर दुर्घटना पत्ता लगाउन सक्छ र स्वचालित रूपमा नै घडी लगाउने व्यक्तिलाई आपत्कालीन सेवा प्रदायकसँग जोड्न सक्छ।

एपल वाच अल्ट्रा

घडीको माध्यमबाट दुर्घटना स्थलको अवस्थिति र आपत्कालीन सम्पर्क व्यक्तिसँग पनि सम्पर्क गर्न सकिन्छ।

पूर्ण चार्ज गरेपछि ३६ घण्टा ब्याट्रीको आयु रहने भनिएको उक्त घडीको मूल्य ३९९ अमेरिकी डलर अर्थात् ५० हजार ५३७ रुपियाँबाट सुरु हुन्छ।

पौडी खेल्दा लगाउन मिल्ने, धुलोले प्रभाव नपार्ने र नटुट्ने खालको एपल अल्ट्रा वाचाहरू एक पटक चार्ज गरेपछि ३६ घण्टासम्म चल्न सक्छन्। ब्याट्रीको थप आयु ६० घण्टासम्म रहने भनिएको छ।

एप्पलले पौडी, साइक्लिङ र रनिङ पूरा गर्न पर्याप्त शक्ति आफ्नो उपभोक्ताले पाउने वाचा गरेको छ।

उक्त अल्ट्रा वाचको मूल्य ७९९ अमेरिकी डलर अर्थात् १ लाख १ हजार रुपियाँ भन्दा थोरै बढीबाट सुरु हुन्छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -