बीरगन्ज ,२३ भदाैं । बीरगन्ज महानगरमा रहेकाे मुख्य नाला अतिक्रमण गरि बनाइएका भाैतिक संरचनाहरु हटाउन महानगरपालिकाले ३५ दिने सुचना जारी गरेकाे छ ।
महानगरपालिकाकाे भदौं २० गतेकाे निर्णय अनुसार बीरगन्जमा रहेकाे मुख्य नाला (ड्राेन १) माथि अवैध रुपले कब्जा गरि बनाइएका घर ,टहरा लगायतका संरचनाले नालाकाे बहाव अवराेध पुर्याएकाले हुँदा सबै संरचना ३५ दिन भित्र हटाउन सम्बन्धित व्याक्ति र संस्थालाइ आग्रह गरिएकाे सुचनामा उल्लेख छ ।
यदि जारी सुचनाकाे ३५ दिन भित्र नाला अतिक्रमण गरि बनाइएका अवैध संरचनाहरु नहटाइए महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधाहरु राेक्का गरिने चेतावनी समेत महानगरपालिकाले दिएकाे छ ।
त्यसैगरी नालामाथिकाे अवैध संरचना नहटाइए महानगरपालिकाले प्रचलित ऐन कानुन अनुसार ती संरचनाहरू हटाइने र त्यसमा लाग्ने खर्च सम्बन्धित व्याक्ति वा संस्थाबाट असुल गरिने चेतावनी पनि महानगरपालिकाले सुचना मार्फत दिएकाे छ ।

