जनकपुरधाम, भदौ २७ । मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन नै रहेको बताउनु भएको छ ।

जनकपुरधाममा आज आयोजित मानव विकास प्रतिवेदन २०२१÷०२२ सार्वजनिकिकरण कार्यक्रममा मुख्यमन्त्री राउतले विश्व जगत विकासमा फडको मार्दै गएपनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय रहेको बताउनु भयो ।
प्रत्येक ८ जनामा एक जना मानसिक तनावमा रहेको तथ्यांक प्रतिवेदनले प्रष्टाएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले विकास निर्माणको नाउँमा प्रकृति विनासको क्रममा बढेको हुनाले त्यसलाई रोक्नु अपरिहार्य भएको बताउनु भयो ।
भौतिक विकासमात्रै विकास नरहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजिक रुपान्तरण र पर्यावरण संरक्षण सहितको विकास अवको मुल लक्ष्य हुनु पर्नेमा जोड दिनु भयो ।
मानव विकास प्रतिवेदनले औल्याएका विषय वस्तुहरु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने उहाँको कथन थियो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मधेश कृषि विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुर , विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

