धनुषा ३ मा जुलीलाई ओलीको स्पष्ट सिग्नल

spot_img

जनकपुरधाम, भदौ २८ । एमाले अध्यक्ष केपि शर्मा ओलीले मधेशको राजधानी जनकपुरधाम समेत पर्ने धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा यसपालि सुर्य छापकै एमाले उम्मेदवार रहने स्पष्ट गरेका छन् । यसले यहाँ वर्तमान निर्वाचित लोसपाका वरिष्ठ नेता सांसद राजेन्द्र महतोलाई एमालेले सहयोग गर्ने सम्भावनाको अन्त्य भएको संकेत गरेको छ ।

ओलीले भने, ‘यो धनुषा ३ मा एमालेको आफनै उम्मेदवार हुनेमा ढुक्क रहनोस कुनै एताउती हुन्न, उम्मेदवार को हुने भन्ने कुरा पनि यहाँहरु सबैलाई थाहै छ मैले भन्नु पर्दैन ।’ ओलीले यसो भनि रहँदा सहभागिबाट जुली महतो भन्ने आवाज कराइएको थियो भने नेतृ महतो मुसुमुसु हासिरहेकी थिइन ।

spot_img

ताजा अपडेट

लोकप्रिय