जनकपुरधाम, ३१ भदौ । धनुषा प्रहरीले आमाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वे रहेका छन् ।
आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपकुमार क्षेत्रीले जानकारी दिए ।
डीएसपी क्षेत्रीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

