राष्ट्रपति भण्डारीको राजीनामा माग्दै जनमत पार्टीद्वारा विरोध प्रदर्शन

spot_img

जनकपुरधाम,असोज ५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध राजमार्गमा टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामासमेत मागेका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौं नेपाली नागरिक अनागरिक भएर बस्नुपर्ने स्थिति सृजना भएकाले विरोधमा उत्रिनु परेको जनमतका नेता निर्मल मण्डलले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय