दसैँ सुरु भएसँगै जनकपुरधामको रौनक बढदै

spot_img

जनकपुरधाम, असाेज  १० ।  दसैँ सुरु भएसँगै जनकपुरधामको रौनक बढेको छ । राजदेवी मन्दिरसहित जनकपुरधामका अन्य शक्तिपिठहरु सजाइएको हो ।

दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रुपमा रहेको राजदेवी मन्दिरलाई सिंगारिएको छ भने बौधीमाई, अन्नपूर्णा, पिडरिया माइस्थान लगायतका शक्तिपिठहरुलाई सजाइएको हो । दसैँको पहिलो दिननै सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनको भिड लागेको हो ।

राजदेवी मन्दिरको सरसजावटका काम गरेका महाविर युवा कमिटीका अध्यक्ष बलराम साहले प्रत्येक वर्ष झै यस वर्ष पनि मन्दिरमा राम्रो सरसजावट गरिएको बताए । उनले यस सरसजावटका लागि २० लाखभन्दा बढी खर्च भएको बताए ।

यस्तै श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिक्यामेर जडान गरिएको हो । यस दसैँलाई लिएर जनकपुरधामसहित जिल्लामा सुरक्षा व्यवस्था कडा गरिएको धनुषा प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय