बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

सिफारिस

जनकपुरधाम, असोज १२  । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । मंगलबार ३२ वर्षीया श्रीमती दुलारी सदाको हत्या गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका ६ मुसहर टोलका रेबिया सदालाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

मादक पदार्थ सेवन गरी रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार दुलारीको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले घटना स्गलबाट हत्या गर्न प्रयोग गरिएको ढुंगाको सिलौटो र वियरको बोतल बरामद गरि ज्यान सम्बन्धि कसुरमा म्याद थप गरि थप अनुसन्धान कार्य गरिरहेको छ ।

- Advertisement -

धनुषा प्रहरीले यस अघि मिथिला विहारी नगरपालिका ५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनको श्रीमान रामा मण्डललाई पक्राउ परेको थियो । जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । श्रीमतीको क्रियामा बसेको रामालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -