हावाहुरी र चट्याङको जोखिम बढेपछि विद्युत सुरक्षामा सचेत रहन आग्रह

spot_img

बारा,१६ वैशाख । बदलिँदो मौसमसँगै हावाहुरी, आगलागी र चट्याङका घटनाहरू बढ्न थालेपछि नेपाल विद्युत प्राधिकरण, नेपाल विद्युत प्राधिकरण अन्तर्गतको कलैया वितरण केन्द्रले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन अपील गरेको छ।

केन्द्रले जारी गरेको सूचनामा मौसमीय जोखिमका बीच पनि विद्युत सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै जनधनको सुरक्षा र विद्युत प्रणालीको संरक्षणका लागि सावधानी अपनाउन आग्रह गरिएको छ।

अपीलमा विद्युत पोल, ट्रान्सफर्मर र स्टे–वायर नजिक फोहोर वा झारपात नजलाउन चेतावनी दिइएको छ। यस्ता गतिविधिले आगलागी र ठूलो क्षतिको जोखिम बढाउने उल्लेख गरिएको छ।

त्यस्तै, हावाहुरीका कारण ढलेका पोल वा चुँडिएका तारहरू नछुन र यस्ता घटना देखिएमा तुरुन्त नजिकको कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ।

चट्याङको समयमा टेलिभिजन, फ्रिज र कम्प्युटरजस्ता उपकरणहरूको प्लग निकालेर राख्न सुझाव दिइएको छ, जसले विद्युतीय उपकरणलाई क्षति हुनबाट जोगाउने बताइएको छ।

विद्युत लाइन नजिक रहेका रुखका हाँगाबिगाले सर्ट सर्किट र आगलागी निम्त्याउन सक्ने भएकाले यस्ता जोखिम देखिएमा तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ। प्राविधिक कारणले विद्युत आपूर्ति अवरुद्ध भएमा धैर्य गर्न र मर्मतमा खटिएका कर्मचारीलाई सहयोग गर्न प्राधिकरणले अपील गरेको छ।

कलैया वितरण केन्द्रका अनुसार प्राकृतिक विपद्को समयमा सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सबै उपभोक्ता उच्च सतर्कतामा रहन आवश्यक छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय