चुनावमा खटिने म्यादी प्रहरीको तालिम धनुषामा शुरु

spot_img

जनकपुरधाम, कार्तिक २ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि धनुषामा खटिने म्यादी प्रहरीको प्रशिक्षण शुरु भएको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगै निर्वाचनको शान्ति सुरक्षाका लागि खटिने म्यादी प्रहरीहरूको प्रशिक्षण आइतबारबाट शुरु भएको हो ।

प्रशिक्षण १० दिनसम्म जारी रहने धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

जनकपुरधामको तिरहुतियागाछीको खेलमैदानमा शुरु भएको १० दिने प्रशिक्षणमा भर्ना भएका ३ हजार ४ सय ८६ जना म्यादी प्रहरीले प्रशिक्षण लिइरहेका छन् । भर्ना भएका प्रहरी मध्ये १ हजार ९ सय ११ जना स्थानीय तहमा खटेका म्यादी प्रहरी रहेका छन् ।

यसै गरि भर्ना भएका म्यादी प्रहरी मध्ये ६ सय ५० जना महिला तथा बाँकी सबै नयाँ उम्मेदवारहरू रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कूल ४० दिनका लागि म्यादी प्रहरी भर्ना भएका छन् । निर्वाचनको लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नपुग्ने भएपछि सरकारले म्यादी प्रहरी भर्ना गर्ने चलन रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय