10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

एकै मण्डपमा २६ जोडीको सामुहिक विवाह

सिफारिस

जनकपुरधाम, मंसिर १४ । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको छ ।

- Advertisement -

जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचार प्रसार गर्न विवाह पञ्चमीको अवसरमा बिश्व हिन्दु परिषद नेपालद्वारा प्रत्येक वर्ष आयोजना हुन थालेको सामुहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएको छ ।

- Advertisement -

 

विवाह पञ्चमीमा भगवान श्री सिताराम जीको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ ।

विगत चारवर्ष देखि भइरहेको सामुहिक विवाहको उद्देश्य जनकपुरधामलाई बिश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा पर्यटनको विकास, दहेज उन्मुलन सहितको रहेको आयोजकको भनाई छ ।जनकपुरधामको हुनेखाने स्थानियहरुसंग सहयोग संकलन गरि मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मंगलसुत्र, बिछाओन, लत्ताकपडा सहितको व्यवस्थापन आयोजकले नै गर्ने गरेको छ ।

 

यस्ले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -