10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

पत्रकार नरेश सर्राफको निधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १५ मंसिर । वीरगन्जका पत्रकार नरेश सर्राफको निधन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य समेत रहनुभएका उहाँ घरमै आज विहान व्ययाम गरिरहेको समयमा एक्कासी भुईमा लडेर बेहोस हुनुभएको थियो ।

- Advertisement -

अचेत अवस्थामा सर्राफलाई उपचारका लागी बीरगन्जको नारायणी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको हो । उहाँको मृत्यु हृद्यघातको कारणले भएको हुन सक्ने चिकित्सकले अनुमान गरेको छ ।

सगरमाथा टेलिभिजनका पर्सा संवाददाता, राष्ट्रसन्देश अनलाईनका सम्पादक प्रकाशक समेत रहनुभएका सर्राफ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको मृत्युको खबरले पत्रकारिता जगतमै शोक छाएको छ । उहाँको निधनको खबर पाएपछि वीरगन्जका पत्रकारहरु सबै जना नारायणी अस्पतालमा पुगेका छन् ।

- Advertisement -

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी लगायत सम्पूर्ण पत्रकारहरु नारायणी अस्पतालमा पुगेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -