spot_img

शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार आरोप, आक्रोशित स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा

spot_img
spot_img

रौतहट,२२ मंसिर । रौतहटमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । यमुनामाई गाउँपालिका –४ मा रहेको श्री जनता माध्यमिक विद्यालयका शिक्षक विजय सिंहले कक्षा ५ की छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको हो । सो विवादमा स्थानीय अभिभावक भेला भएर शिक्षक सिंहमाथि आक्रमणको प्रयास गरेका थिए ।

तनावको अवस्था भएपछि पुगेको प्रहरी टोली र स्थानीय बीच झडप भएको छ । सो क्रममा ढुंगामुढा प्रहारबाट आधा दर्जन प्रहरीलाई चोटपटक लागेको छ।

जिल्ला प्रहरी रौतहटका प्रवक्ता डीएसपी उमाशंकर यादवले दुई जना प्रहरीलाई बढी र अन्यलाई सामान्य चोटपटक लागेको जानकारी दिँदै उनीहरूको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको बताए । प्रहरीले आरोपी शिक्षक सिंहलाई नियन्त्रणमा समेत लिएर थप अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय