spot_img

रेडियो बीरगन्जले यस बर्ष सास्कृतिक कार्यक्रम नगर्ने, मंसिर २४ मा वृहत्त रक्तदान गर्ने

spot_img
spot_img

बीरगन्ज,२२ मंसिर – मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २० वर्ष पुरा गरी गौरवमय रुपमा २१ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आगामी मंसिर २४ गते शनिवार वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बिहिवार साँझ रेडियो वीरगंज परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रम भव्य रुपमा सफल पार्न रेडियोका श्रोता, विज्ञापनदाता, शुभचिन्तक लगायत सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले २० औ वार्षिकोत्सवको अवसरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्ष पनि उल्लेख्य सहभागिता जनाउन पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियोका श्रोता, शुभचिन्तकहरुलाई आह्वान गर्नुभयो ।

कार्यकारी अध्यक्ष साहले रेडियो बीरगंजसँगै संचारको क्षेत्रमा टिभी बीरगन्ज, रेडियो पोखरीया र मधेश प्रदेशकै प्रतिनिधित्व गर्दै मधेशदृष्टि राष्ट्रिय दैनिक प्रकाशन शुरु गरेको जानकारी दिदै रेडियो बीरगंजबाट शुरु भएको यात्रा अविराम रुपमा अहिले मधेशदृष्टि सम्म पुग्नुमा श्रोता, पाठक, विज्ञापनदाता, दर्शकहरुको आपार माया भएको भन्दै सबैमा आभार प्रकट गर्नुभयो ।

समाज रुपान्तरण र समाजीक क्षेत्रमा समेत रेडियो बीरगंजले खेल्दै आएको उल्लेख्य योगदान सबैका विच सर्वविदितै रहेको र यस पटक सार्वजनिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने बाहेक पूर्व सहकर्मी एवं सहयोगी पत्रकार नरेश सर्राफ र मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष एवं सप्तरीका नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष शिवहरि भट्टराईको असामयिक निधनका कारण वृहत्त सांस्कृतिक कार्यक्रम गर्ने रेडियो बीरगन्जको योजना यस बर्षका लागि स्थगित भएको साहले बताउनु भयो ।

पत्रकार सम्मेलनमा स्व. क्रियाशील युवा पत्रकार नरेश सर्राफको दिवगंत आत्माको चिरशान्तिको लागि यहि २५ गते आइतवार रेडियो बीरगन्ज र समाजवादी प्रेस संगठन नेपाल पर्साकोको सयुक्त आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गर्ने रेडियो बीरगन्जका कार्यकारी अध्यक्ष साहले बताउनु भयो । पत्रकार सम्मेलनको सहजिकरण रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीले गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय